अब देशभर ४५७४ कोरोनाका सक्रिय संक्रमित-Sutra News

अब देशभर ४५७४ कोरोनाका सक्रिय संक्रमित

बुधबार, २ चैत्र २०७८

बुधबार, २ चैत्र २०७८

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन् ।



यस्तै पछिल्लो २४ घण्टामा २१३ जना निको भएका छन् । यससँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ६१ हजार ५ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १ लखा ५ हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट