२४ घण्टामा २७ कोरोना संक्रमित थपिए, २२० जना संक्रमणमुक्त-Sutra News

२४ घण्टामा २७ कोरोना संक्रमित थपिए, २२० जना संक्रमणमुक्त

बिहिबार, ३ चैत्र २०७८

बिहिबार, ३ चैत्र २०७८

पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या २२० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट