रुसलाई बेइजिङले हतियार पठाउँदैनः अमेरिकाका लागि चिनियाँ राजदूत-Sutra News

रुसलाई बेइजिङले हतियार पठाउँदैनः अमेरिकाका लागि चिनियाँ राजदूत

सोमबार, ७ चैत्र २०७८

सोमबार, ७ चैत्र २०७८

अमेरिकाका लागि चिनियाँ राजदूत क्विन गाङले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए ।



बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ दूत गाङको भनाई आएको हो ।

गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेको भन्ने विवरण सार्वजनिक भएका थिए । तर, ति विवरणहरुलाई ‘गलत सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेको उमाथि आरोप लाग्ने गरेको छ ।

अमेरिकी प्रसारक सीबीएससँग कुरा गर्दै, गाङले गुनासो गरे कि पश्चिमबाट सार्वजनिक निन्दाले ‘सहयोग गर्दैन’ र ‘राम्रो कूटनीति’ आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट