२४ घण्टामा ४५ कोरोना संक्रमित थपिए, १४७ संक्रमणमुक्त-Sutra News

२४ घण्टामा ४५ कोरोना संक्रमित थपिए, १४७ संक्रमणमुक्त

सोमबार, ७ चैत्र २०७८

सोमबार, ७ चैत्र २०७८

पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ, पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट