काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै वीर अस्पताल पुगेका छन् । काभ्रे महाभारत गाउँपालिका ६ का पुर्व जनमुक्ति सेनाका योद्धा(सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिन उनी त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ ।
मकवानपुरको झुरझुरेमा घाइते हुनु भएको राना शान्ति प्रक्रिया पछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछी उहाँको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको बताइएको छ ।