यहि चैत्र १० देखि १२ गतेसम्म नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै-Sutra News

यहि चैत्र १० देखि १२ गतेसम्म नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै

मंगलबार, ८ चैत्र २०७८

मंगलबार, ८ चैत्र २०७८

यहि चैत १० देखि १२ गतेसम्म ५ औं नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो आयोजना हुने भएको छ । प्रदर्शनी मार्ग भृकुटी मण्डप, काठमाडौंमा एसडी प्रोमो मिडिया ५ औं नेपाल मेडिकल, हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्सपो, नेपाल फार्म्यक एक्स्पो आयोजना हुन लागेको हो ।



इन्जिनियरिङ एक्स्पोर्ट प्रोमोसन काउन्सिल इण्डिया र केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन अफm नेपालको सह–आयोजनामा संचालन हुन लागेको एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम हुने बताइएको छ । एक्स्पोलाई सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधी उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले प्रमुख भूमिका खेल्ने आयोजकले उल्लेख गरेको छ ।

सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्सपो कोरोना महामारीको कारण अहिलेको मितिमा सरेको हो । यो एक्सपोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनिहरूको सम्पूर्ण आवश्यकताहरू पूरा गर्ने कुरामा आयोजकहरू विश्वस्त छन् । आयोजकको मुख्य उद्देश्य भनेको यहाँको स्वास्थ्य संस्था, प्रयोगशाला र औषधी उद्योगलाई आवश्यक पर्ने साथ र सहयोग प्रदान गर्दै अहिलेको अवस्थामा अग्रपंतिमा रहेर उद्योग संचालन गराउनु हो ।

विश्वभरि नै स्वास्थ्य क्षेत्रमा नयाँ प्रयोगहरू आएसँगै विभिन्न अवसरहरू पनि उत्पन्न हुने गर्दछन् । विश्वभरिका कम्पनिहरूको यो नयाँ प्रयोग, नयाँ सेवा एवं उत्पादनहरूलाई नेपालका सहयोगी कम्पनिहरूले यस एक्सपोमा प्रस्तुत गर्नेछन् । त्यसबाहेक, चिकित्सा उपकरण, निदान उत्पादन, जैविक चिकित्सा उपकरण, शल्य चिकित्सा उपकरण, अस्पताल फर्नीचर, चिकित्सा उपभोग्य सामग्री, एक्स–रे उपकरण, अर्थोपेडिक प्रत्यारोपण, चिकित्सा ग्यास, विश्लेषणात्मक उपकरण, प्रयोगशाला उपकरण, औषधि मेसिनरी जस्ता सामग्रीहरूको लागि यो एक्सपो एउटा विशेष मन्च हुनेछ ।

यो तीन दिने एक्सपोले विभिन्न देशका २५० भन्दा धेरै कम्पनिहरू र ५०० भन्दा धेरै ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् । यस एक्सपोमा सहभागिता जनाउने आगन्तुकहरुको लागि हालको अत्याधुनिक प्रयोगहरू मुख्य आकर्षण बन्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट