दाङमा चारलेन सडकका तीन सय मजदुरले पाएनन् ज्याला, प्रहरीमा उजुरी-Sutra News

दाङमा चारलेन सडकका तीन सय मजदुरले पाएनन् ज्याला, प्रहरीमा उजुरी

मंगलबार, ८ चैत्र २०७८

मंगलबार, ८ चैत्र २०७८

दाङको घोराही–तुलसीपुर चारलेन सडकमा काम गरेका मजदुरहरूले पारिश्रमिक नपाएको बताएका छन् ।



घोराही–तुलसीपुरको २८ किलोमिटर चार लेन सडकको ठेक्का लिएको अष्ट भैरव निर्माण सेवा कम्पनीमा काम गरेका ३०० मजदुरले दुई वर्षदेखि ज्याला नपाएको बताएका हुन् । निर्माणको काम रोकेर ठेकेदार भागे पछि मजदुरहरूले ज्यान नपाएको बताएका छन् ।

तुलसीपुर–१८ का मजदुर तकमान घर्तीले ठेकेदार सम्पर्कविहीन भएपछि आफूले कामबापत पाउनुपर्ने ज्याला अहिलेसम्म नपाएको सुनाए । दुई वर्षयता उनीहरू ठेकेदार खोज्दै प्रहरी–प्रशासन धाइरहेको भए पसिन समस्या समाधान नभएको उनको भनाई छ । उनले २०७६ सालको पुसदेखि फागुनसम्म काम गरेबापत ४३ हजार ज्याला आफूले अहिलेसम्म नपाएको बताए ।

अष्ट भैरव निर्माण सेवा कम्पनीमा चार लेन सडक निर्माणको काम गरेका ३०० बढी मजदुरले २४ हजारदेखि ४५ हजारसम्म ज्याला पाउन बाँकी रहेका बताए । दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुने र पटक–पटक झुलाउँदै आएको पीडित श्रमिकले बताएका छन् । ज्याला नपाएको गुनासो लिएर प्रहरी पुग्दा पनि सुनुवाइ नभएको उनीहरूले बताएका छन् ।

गुनासो सुनुवाइ नभएपछि २८ बढी मजदुरले सामूहिक रूपमा ठेकेदार अनुप पाण्डेविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको बकाएका छन् । आफूले काम गरेवाफतको ज्याला पाउनुपर्ने मजदुरको माग छ ।

यसअघि, चार लेन सडक निर्माणको जिम्मा लिएको अष्ट भैरव निर्माण कम्पनीका अनुप पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी विभिन्न संघसंस्था र कम्पनी गरी १७ वटा ठगीको उजुरी परेको छ । उनी अहिले प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट