निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिन्छः प्रधानमन्त्री देउवा-Sutra News

निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिन्छः प्रधानमन्त्री देउवा

बिहिबार, १० चैत्र २०७८

बिहिबार, १० चैत्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।



स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबैको साथ र सहयोगमा आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने बताएका छन् ।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेका प्रधानमन्त्री देउवाले यसका लागि सरकारले पूर्ण रुपमा तयारी गरिरहेको बताए ।

निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट