नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर न्यायाधिश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
१६ वर्षीया नाबालिग गायिकालाई भिडियो छायाङ्कनका क्रममा पटक पटक बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शाह पक्राउ परेका थिए । पल विरुद्ध नवलपुर अदालतमा समेत सोहि प्रकृतिको मुद्धा दायर भइसकेको छ ।
हेर्नुहोस् पूर्णपाठ