

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहका म्यानेजर कृष्ण जोशी एक लाख धरौटीमा रिहा भएका छन् ।
बिहिबार तनहुँ जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
जोशीले मतियारको भूमिका खेलेको आरोपमा मुख्य कसुरदारको आधा सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।