चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाए पोखरा विमानस्थलको चाबी-Sutra News

चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री देउवालाई बुझाए पोखरा विमानस्थलको चाबी

शनिबार, १२ चैत्र २०७८

शनिबार, १२ चैत्र २०७८

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विमानस्थलको चाबी बुझाएका हुन् ।



प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो ।

चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट