महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड पुरस्कार-Sutra News

महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड पुरस्कार

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

महावीर पुनले स्थापना गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई १ करोड पुरस्कार राशी प्रदान गरिने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा १ करोडको पुरस्कार प्रदान गर्न लागिएको हो ।



महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले नेपालको विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप एनआरएनए र बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा ‘भवन कीर्ति रत्न’ नामक पुरस्कार प्रदान गरिएको हो ।

बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको १०औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई(दुई वर्षमा प्रदान गरिने छ । धन भएर मात्र हुँदैन त्यसभित्र ठूलो मन पनि हुनुपर्छ भन्दै एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले एनआरएनको उदघाटन अवसरमा मुलुकको सेवामा समर्पीत व्यक्तित्वलाई सहयोग गर्नु सबै नेपालीको कर्तव्यसमेत भएको बताए । केही समयदेखि ओशोको भक्तिभावमा फरक शैलीमा देखिएका भवनको आध्यात्मिक नाम स्वामी आनन्ददेव पनि हो ।

यो पनि हेर्नुस्

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट