मच्छिन्द्रलाई सडनडेथमा स्तब्ध पार्दै पिप्लेले राजर्षि उचाल्यो-Sutra News

मच्छिन्द्रलाई सडनडेथमा स्तब्ध पार्दै पिप्लेले राजर्षि उचाल्यो

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

सर्लाहीको बागमतीमा जारी छैठौं राजर्षि जनक कप फुटबलको उपाधि साबिक विजेता पिप्ले फुटबल क्लब हेटौडाले जितेको छ ।



सर्लाहीको बागमती–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ समृती खेल मैदानमा आइतबार भएको फाइनल खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लब काठमाडौंलाई सडनडेथ पराजित गर्दै पिप्लेले उपाधि चुमेको हो ।

निर्धारित समय दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्रइबेकरमा पनि दुवै टिमले बराबर ३/३ गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । ट्राइबेकरमा मछिन्द्रका लागि राष्ट्रिय स्टाइकर विमल घर्ती मगर र देवेन्द्र तमाङ्गको प्रहार पिप्लेका गोल किपर अशोक बरालले उत्कृष्ट बचाउ गरेका थिए ।

त्यसैगरी पिप्लेका कुलदिप कार्कीले प्रहार गरेको बल पोष्ट बाहिरियो । विदेशी खेलाडी मार्टिनले प्रहार गरेको बल मछिन्द्रको गोल किपर विशाल श्रेष्ठले बचाउ गरे । सडनदेथमा मछिन्द्रको छिरिङ गुरुङले प्रहार गरेको बल क्रसबारमा ठोक्किएपछि  पिप्ले दोस्रो पटक उपाधि चुम्न सफल भयो । जितसँगै पिप्लेले राजर्षि रनिङ सिल्ड साथै नगद १० लाखसमेत हात पारेको छ । उपविजेता बनेका मछिन्द्रले नगद ५ लाखमा चित्त बुझायो ।

जितसँगै पिप्लेले दोस्रो पटक उपाधि उचालेको हो । यस्तै प्रतियोगिताको उदयमान खेलाडी बागमतीका विमल घिसिङ भएका छन् । घिसिङले दुई सय सिसीका मोटरसाइकल पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पिप्लेका रूपक लामा भएका छन् । लामाले ५१ हजार प्राप्त गरेका छन् ।

वेस्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, वेस्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, वेस्ट स्टाइकर मछिन्द्रका विमल घर्ती मगर, वेस्ट मिडफिल्डर मछिन्द्रकै सुजल श्रेष्ठ र वेस्ट डिफेन्डर बागमतीका अमर श्रेष्ठ घोषित हुँदै जनही २५/२५ हजार पुरस्कार पाए । चैत्र २ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी पाहुना टिम सहित १२ टिम सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट