दुइदिने भारत बन्दको आह्वान, २० करोड मजदुरको एक्यबद्धता-Sutra News

दुइदिने भारत बन्दको आह्वान, २० करोड मजदुरको एक्यबद्धता

सोमबार, १४ चैत्र २०७८

सोमबार, १४ चैत्र २०७८

भारतमा आज र भोलि बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको हो ।



मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न केन्द्रीय ट्रेड युनियनहरूको संयुक्त फोरमले देशव्यापी हड्ताल आह्वान गरेको हो ।

बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले पनि समर्थन गरेको छ । बन्दमा सडक, ट्रान्सपोर्ट, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको बताइएको छ ।

सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैकिङ युनियनहरु पनि हड्तालमा सहभागी छन् । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् ।

बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने अनुमान गरिएको छ । बन्दमा २० करोड मजदुरको एक्यबद्धता छ ।

रेलवे र रक्षा क्षेत्रका युनियनहरूले सयौँ स्थानहरूमा हडतालको समर्थनमा ठूलो ह्याली निकाल्ने अनुमान गरिएको छ ।

सडक, यातायात मजदुर र विद्युत् मजदुर आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् ।

ऊर्जा मन्त्रालयले आज सबै राज्य सञ्चालित संस्थाहरु तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न सुझाव दिएको छ ।

अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले एउटा एडभाइजरीमा भनेको छ ।

पश्चिम बंगाल सरकारले भारत बन्दको बावजुद सबै राज्य सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मंगलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट