नेटोको उदेश्य रुसमा सत्ता परिवर्तन गर्नु होइनः जर्मनी-Sutra News

नेटोको उदेश्य रुसमा सत्ता परिवर्तन गर्नु होइनः जर्मनी

सोमबार, १४ चैत्र २०७८

सोमबार, १४ चैत्र २०७८

युक्रेनमा मस्कोको आक्रमणबाबजुद रूसमा शासन परिवर्तन गर्नु उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को उदेश्य नरहेको जर्मनीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनलाई ‘सत्तामा रहन नसक्ने’ एक कसाई’ को संज्ञा दिएको एक दिनपछि जर्मन चान्सलर ओलाफ सोल्जको सो भनाई आएको हो ।



‘रुसमा सत्ता परिवर्तन गर्नु नेटोको उदेश्य होइन, न कि अमेरिकी राष्ट्रपतिको’, सोल्जले जर्मन सरकारी टेलिभिजन च्यानल एआरडीलाई भने ।

सोल्जले अगाडि थपे, ‘मैले ह्वाइट हाउसमा बाइडेसँग लामो छलफल गर्ने मौका पाएको छु । हामीले यी प्रश्नहरू पनि छलफल गरेका छौँ,’ उनले थपे ।

लोकतन्त्र, स्वतन्त्रता र न्यायको जताततै भविष्य हुने उनले बताए । तर, स्वतन्त्रताको लागि लड्नु जनता र राष्ट्रहरूको लागि भएको उनको भनाई छ ।

युक्रेन हमलापछि रूसी राष्ट्रपति पुटिनलाई बाइडेनले ‘कसाई’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट