अमेरिकी विदेशमन्त्रीसँग बोल्दा इजरायली प्रधानमन्त्रीलाई कोरोना संक्रमण !-Sutra News

अमेरिकी विदेशमन्त्रीसँग बोल्दा इजरायली प्रधानमन्त्रीलाई कोरोना संक्रमण !

सोमबार, १४ चैत्र २०७८

सोमबार, १४ चैत्र २०७८

इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।



प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए । इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो । वार्तामा दुबै नेता मास्क नलगाइ छलफलमा बसेका थिए ।

बेन्नटले राम्रो महसुस गरिरहेको र आफ्नो घरबाट योजनाअनुसार काम गरिरहेको उनको कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, विदेशमन्त्री ब्लिनकेनले पनि कोभिड परीक्षण गर्ने भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले सो जानाकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट