ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराएर सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युतीकरणको मागसहित आएका त्यहाँका पर्यटन व्यवसायीसँग सोमबार साँझ पोखरामा भएको भेटमा उहाँले विद्युत् सुविधा नपुगेका क्षेत्रमा विद्युत् विस्तार सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो ।
ऊर्जामन्त्री भुसालले सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता विदेशमा निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि गर्ने हो ।
जसका लागि बिजुली नपुगेका क्षेत्रमा राष्ट्रिय प्रसारणको बत्ती पु¥याउने योजनामा सरकार छ । पर्यटन क्षेत्रलाई चाहिएजति बिजुली दिन प्रतिबद्ध छौँ ।” सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालले जानकारी दिनुभयो ।