परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच श्रीलंकामा भेटवार्ता-Sutra News

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच श्रीलंकामा भेटवार्ता

मंगलबार, १५ चैत्र २०७८

मंगलबार, १५ चैत्र २०७८

परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ ।



बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।

भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट