काठमाडौँ । वीरगञ्ज महानगरपालिका– २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–१६ ईनर्वा स्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा शव फेला परेको हो ।
उनी होलीको दिनदेखि हराएका थिए ।
मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।