सहमतिमै यौनसम्बन्ध राखेर बलात्कारको जाहेरी दिने किशोरीलाई साढे तीन वर्षको जेल सजायँ-Sutra News

सहमतिमै यौनसम्बन्ध राखेर बलात्कारको जाहेरी दिने किशोरीलाई साढे तीन वर्षको जेल सजायँ

बुधबार, १६ चैत्र २०७८

बुधबार, १६ चैत्र २०७८

काठमाडौँ । सरसल्लाहमा नै यौनसम्बन्ध राखेर बलात्कार भएको उजुरी गरेकी एक किशोरीलाई साढे तीन वर्षको जेल सजायं सुनाइएको छ ।



अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।

उनले गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।

आरोपित पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । उनले बलात्कार गरेको पुष्टि नभएपछि अदालतले किशोरीलाई जेल सजायँ सुनाएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट