बितेको ४४ महिनामा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी ५ सय ६८ जनाको ज्यान गएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी विगत ४४ महिनामा सवारी दुर्घटनामा परेर ५ सय ६८ जनाको ज्यान गएको जनाएको हो ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनामा परी काठमाडौंमा मात्रै १ सय ३१ जनाको ज्यान गएको थियो । सो वर्ष काठमाडौंमा ६० जना दुर्घटनामा परी अंगभंग भएको थियो ।
यसैगरी, सो आर्थिक वर्षमा ललितपुरमा ५२ जनाको सवारी दुर्घटनामा परेर ज्यान गएको थियो भने ३ जना अंगभंग भएका थिए । यस्तै, भक्तपुर ३७ जनाको मृत्यु हुँदा १० जना अंगभंग भएको रेकर्डले बताउँछ ।
यसैगरी, आर्थिक वर्ष २०७६÷७७ मा काठमाडौंमा ८१ जनाको मृत्यु तथा ६५ जना अंगभंग भएका थिए । यस्तै, ललितपुरमा २५ जनाको ज्यान जाँदा ४ जना अंगभंग भएका थिए भने भक्तपुरमा सो आर्थिक वर्षमा २७ जनाको मृत्यु हुँदा ३ जना अंगभंग भएको रेकर्ड छ ।
यसैगरी, आर्थिक वर्ष २०७७÷७८ मा काठमाडौंमा ७६ जनाको मृत्यु तथा ३६ जना अंगभंग, ललितपुरमा २३ जनाको मृत्यु तथा ५ जना अंगभंग तथा भक्तपुरमा २३ जनाको मृत्यु तथा ४ जना अंगभंग भएको रेकर्डले देखाएको हो । राजधानी दैनिक