काठमाडौँ । डिजिटल प्लेटफर्म बुढासुब्बाको च्यानल ह्याक भएपछि नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत युट्युबबाट उडेको छ । फिल्मको प्रचार समाग्री सार्वजनिक भएको डिजिटल प्लेटफर्म बुढासुब्बाको च्यानल नै ह्याक भएपछि गीत र ट्रेलर उडेको हो ।
बुढासुब्बाले आफूहरुले के भएको हो भनेर हेरिरहेको बताएको छ । वैशाख १ गतेबाट रिलिज हुन लागेको यो फिल्म दर्शकको प्रतिक्षामा छ । यही मितिमा साउथको फिल्म ‘केजीएफ २’ पनि रिलिज हुँदैछ ।
झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
त्यस्तै अन्य फिल्म र गीतहरु पनि युट्युबबाट हराएका छन् ।