काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमाथि आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री देउवा आज भारत भ्रमण जाने भएसँगै उनले सामाजीक संजालमार्फत उनको भ्रमण पारिवारिक भएको बताएका छन् ।
देउवाले संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल र सरोकार नराखेका कारण यस्तो बताएका हुन् ।