ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु-Sutra News

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शुक्रबार, १८ चैत्र २०७८

शुक्रबार, १८ चैत्र २०७८

काठमाण्डौको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।



ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।

बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट