चीन भ्रमणपछि देव गुरुङ-  एमसीसी पास गर्दा आईपीएसको लागि बाटो खुल्यो-Sutra News

चीन भ्रमणपछि देव गुरुङ-  एमसीसी पास गर्दा आईपीएसको लागि बाटो खुल्यो

शुक्रबार, १८ चैत्र २०७८

शुक्रबार, १८ चैत्र २०७८
माओवादी नेता देव गुरुङ
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए । २०७४ मा एकता भएको कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न भएको तथा एमालेविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससहितका दलसँग निर्वाचनमा तालमेल गर्ने सहमति भएका बेला गुरुङको चीन भ्रमणलाई लिएर चासो बढेको हो । नेता गुरुङसँग नेपाल मामिलामा चीनको चासो, चिन्तासँगै कम्युनिस्ट पार्टीहरूको एकतालगायत विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः   

चीन भ्रमण कस्तो रह्यो ? 

चीन भ्रमण मूलभूत रूपमा राम्रो रह्यो । ‘चाइना फाउन्डेस फर पिस एन्ड डेभलपमेन्ट’ भन्ने संस्थाको आमन्त्रणमा म गएको थिएँ । एउटा अन्तरक्रियाको आयोजना भयो । अन्तरक्रियाको मूल विषयवस्तु शान्ति र विकासका लागि जोड दिनुपर्छ भन्ने थियो । कोभिड महामारीको समयमा शान्ति र विकासको प्रक्रियामा अवरोध पैदा भयो, अब सबै मिलेर कोभिड नियन्त्रण गर्ने क्रममा छ भन्ने कुरा भयो ।

नेपाल मामिलामा चीनले धेरै नै चासो देखाएको भन्ने चर्चा छ नि ?

अमेरिकाले ‘इन्डो प्यासिफिक’ (हिन्द-प्रशान्त) क्षेत्रमा रणनीतिक अभियान सुरू गरिराखेको छ । त्यसले यस क्षेत्रको शान्ति र विकासमा गम्भीर असर पार्ने देखिन्छ, द्वन्द्व निम्त्याउन सक्ने खतरा छ । परिणामतः असुरक्षा र अशान्ति निम्तिन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गर्‍यो । एमसीसीमा मुख्य चासो रह्यो ।

आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी)ले हिन्द-प्रशान्त क्षेत्रमा यहाँको शान्ति सुरक्षा, विकास र समृद्धिको क्षेत्रमा युद्ध आतंक खडा गरेर शान्ति र विकासलाई अवरुद्ध पार्न सक्ने खतरा चाहिँ छ भन्ने पनि चीनको चिन्ता रहेछ ।

बिहान-दिउँसो-साँझ खानपिन र चियापानको समयमा अनौपचारिक कुरा सुन्दा आईपीएसको एउटा अंग एमसीसी पास गर्ने/नगर्ने तपाईंहरूकै कुरा रह्यो । तर, पास गर्दा आईपीएसको लागि बाटो खुल्यो । अब, १२ बुँदे व्याख्यात्मक घोषणाले रोक्ने त देखिन्छ । तर, १२ बुँदे सम्झौतालाई अमेरिकाले मान्ने सम्भावना देखिँदैन । किनभने अमेरिकाले थुप्रै अन्तर्राष्ट्रिय सन्धिलाई उल्लंघन गरिरहेको छ ।

भनेपछि १२ बुँदे व्याख्यात्मक घोषणा चाहिँ अमेरिकाले मान्ला कि नमान्ला ? प्रश्नवाचक चिह्न छ । त्यो स्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणाले आईपीएसको हस्तक्षेपलाई रोक्न सक्छ कि सक्दैन ? यसमा चीनको चिन्ता पाइयो ।

उसो भए चीन एमसीसी पास भएकोमा चिन्तित रहेछ होइन ? 

उम्…पारित भएकोमा खुसी देखिँदैन ।

तपाईं चीन भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा थिए । तपाईंभन्दा पहिले एमाले नेता विष्णु पौडेल चीन भ्रमणमा हुनुुहुन्थ्यो । दुई देशका कम्युनिस्ट नेताहरूको भ्रमण एकपछि अर्को हुनुलाई के फेरि नेपालमा कम्युनिस्ट पार्टीहरू एक ठाउँमा ल्याउने गृहकार्य भइरहेको छ ? 

विष्णु पौडेलजीको चीन भ्रमणबारे त हामीलाई जानकारी भएन । तर, यहाँ (नेपाल) आएपछि थाहा भयो कि उहाँ चार/पाँच दिन अगाडि नै गएर आउनु भएछ । मेरो उहाँहरूसँग भेटघाट भएको पनि होइन । कुराकानी भएको पनि होइन । कुनै अन्तर्सम्बन्ध थिएन ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त नेपालमा कम्युनिस्ट पार्टीहरू मिलून्, सहकार्य गरून् भन्ने कुरा त कुनै नयाँ नौलो विषय होइन । यो पहिलेदेखि भन्दै आएको कुरा न हो ।

नेपालमा वामपन्थी दलहरू मिल्दा राम्रो हुन्छ, सहकार्य गर्दा राम्रो हुन्छ भन्ने सदाशय चीनको नयाँ होइन नि । त्यसकारण मूल कुरा आईपीएसको हस्तक्षेप कसरी रोक्न सकिन्छ ? रोक्ने उपायहरू के–के हुन सक्छन् ? जसले नेपालको स्वाधीनताको रक्षा हुन्छ ? यही प्रश्नहरूमा चीनको चासो हो ।

स्थानीय निर्वाचनबारे चीनको सल्लाह कस्तो रह्यो ?

त्यो त अब एक देशको कम्युनिस्ट पार्टीले अर्को देशको कम्युनिस्ट पार्टीहरूलाई निर्वाचनमा सहकार्य गर्दा राम्रो हुन्छ भन्ने कुरा नै भयो । मिल्ने÷नमिल्ने कुरा त नेपालका कम्युनिस्ट पार्टीहरूको मामिला न भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट