म्यादी बन्नका लागि तौल पुर्याउन गोजीमा एक केजीको ढक-Sutra News

म्यादी बन्नका लागि तौल पुर्याउन गोजीमा एक केजीको ढक

आइतबार, २० चैत्र २०७८

आइतबार, २० चैत्र २०७८

कपिलवस्तुमा म्यादी प्रहरीमा भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ । १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पु-याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।



उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पु-याउन उनले यस्तो गरेको प्रहरी ले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहको प्रहरीको भनाई छ ।

कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएको जनाइएको छ । जसमा १४५४ महिला रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट