भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त भएपछि महोत्तरीका सुकुम्बासी उत्साहित-Sutra News

भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त भएपछि महोत्तरीका सुकुम्बासी उत्साहित

आइतबार, २० चैत्र २०७८

आइतबार, २० चैत्र २०७८
भुमी आयोगका अध्यक्ष ज्ञान बहादुर गोलेको साथमा स्थानिय

नयाँ भूमि आयोग गठन भएसँगै महोत्तरीका सुकुम्बासी र भूमिहीनहरू उत्साहित भएका छन् । नयाँ बनेको आयोगले पुरानो आयोगले गरेका सम्पूर्ण कामको स्वामित्व लिने भएपछि उत्साहित भएका हुन् ।



भर्खरै देशैभरीका ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त भएका छन् । महोत्तरीमा पनि अध्यक्षमा ज्ञानबहादुर गोले नियुक्त भएपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा नया आशा सञ्चार भएको हो ।

जिल्लाकै सबैभन्दा बढी समस्या रहेको बर्दिबास नगरपालिकामा करिब पाँच हजार घरधुरी अझै अव्यवस्थित बसोबासका कारण समस्यामा छन् । कयौँ घरधुरी पुराना आयोगका कारण बेघरसमेत बनेका छन् । पैसा र पहुँचको आधारमा पुराना आयोगहरू प्रभावित बन्दा बेघर बनिरहेको सुकुम्बासीहरूको आरोप छ ।

यसै कारण पनि महोत्तरीका स्थानीयहरूले पुराना आयोगले गरेका कामहरू खारेज हुनुपर्ने माग गर्दै आएका छन् । भूमिहीन किसानहरूलाई नेपाल भूमिहीन तथा सुकुम्बासी संगठन र भूमि अधिकार मञ्चले समेत साथ दिँदै आएको छ ।

विशेषगरी २०५४ सालमा बनेको भूमी आयोगले वितरण गरेको विवादित पुर्जाको अभिलेखको ढड्डा जलेश्वररबाट झिकाइ भित्र(भित्रै मालपोत कार्यालयले नै बिक्री वितरणलाई सहज बनाइदिएको भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य फौद सिंह बताउँछन् ।

तेजबहादुर बस्नेतलाई ४० वर्ष अगाडि रामेछापवाट बर्दिबास आउँदा एकदमै कम घर भएको र जसको जोत उसैको स्वामित्व हुनेगरी पहुँचवालाहरूले बिघौँ जग्गा अधिग्रहण गरेको सम्झना छ ।

‘मनलागी जंगल फडानी गर्ने र बस्ती बसाउने प्रक्रिया चल्दाचल्दै भू(माफियाको चलखेल पनि बढन थाल्यो । जग्गा किनबेच गर्न र घर बनाउने प्रक्रिया अगाडि बढदाबढ्दै अहिले महोत्तरीमा हजारौ हेक्टर उपभोग गरिरहेको जग्गा ओइलानी बनेको हो,’ बस्नेतले भने ।

महोत्तरीका हरेक पालिकाहरुमा बस्नेतले भनेजस्तै गाउँ ब्लक जग्गाहरू किनबेच हुँदै गर्दा अव्यवस्थित बसोबासीहरूको संख्या ह्वात्तै बढयो । समस्या नै समस्याका बीचमा पनि निष्पक्ष सावधान हुने बताउँछन् भूमि आयोगका नवनियुक्त महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोले । उनी भन्छन, ‘यो पटक भूमि आयोगले सम्पुर्ण समस्या सावधान गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट