अष्ट्रेलियालाई ७औं पटक महिला विश्वकपको उपाधि-Sutra News

अष्ट्रेलियालाई ७औं पटक महिला विश्वकपको उपाधि

आइतबार, २० चैत्र २०७८

आइतबार, २० चैत्र २०७८

इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले सातौंपटक एकदिवसीय महिला विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाले अपराजित रहँदै सन् २०२२ को उपाधि जित्न सफल भएको हो । यसअघि उसले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ को विश्वकप उपाधि जितेको थियो ।



अष्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२ ओभर चार बलमा सबै विकेट गुमाउँदै २८५ रनमा समेटियो । इंग्ल्यान्डकी नाट सेभरले सर्वाधिक १४८ रन बनाईन् । अष्ट्रेलियाकी अलाना किंग र जेस जेनसेनले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि न्युजिल्यान्डको क्राइस्ट चर्चमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३५६ रन बनाएको थियो ।

ओपनर हेलीले १७० रन बनाइन् । यस्तै राहेल हेन्सले ६८ रनको योगदान गरिन् । इंग्ल्यान्डका अन्या श्रुब्सोले सर्वाधिक तीन विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट