भ्युटावरको काउन्टरमा हरितपार्क शिलान्यास, १० करोड लगतमा अत्यधुनिक पार्क निर्माण हुने-Sutra News

भ्युटावरको काउन्टरमा हरितपार्क शिलान्यास, १० करोड लगतमा अत्यधुनिक पार्क निर्माण हुने

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

भ्यु टावरको उद्‍घाटन तथा शिलान्यासको प्रतिस्पर्धा चलिरहेका बेला महोत्तरीमा हरित पार्कको शिलान्यास गरिएको छ ।



चुरे संरक्षण तथा जलवायु परिवर्तनलाई मध्येनजर गर्दै हरित अभियान अन्तर्गत हरितपार्कको अवधारणा अगाडि आएको अभियन्ताको भनाइ छ ।

आइतबार एक कार्यक्रमकाबीच बर्दिबास नगरपालिकास्थित रातु नदीको किनारमा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अत्यधुनिक हरित पार्कको शिलान्यास गरे ।

रातु नदीले बनाएको बालुवाको बगरमा हरितपार्क बनाउने गुरुयोजना रोटरी क्लब अफ बर्दिबासले अगाडि बढाएको हो । रोटरी क्लब अफ बर्दिबासको पहलमा झण्डै १० करोड लगानीमा अत्यधुनिक पार्कको निर्माण प्रक्रिया औपचारिकरुपमा अगाडि बढेको छ ।

झण्डै १५ कठ्ठा जमिनमा बन्न लागेको हरित पार्कमा बोटबिरुवा रोपेर सुन्दर बनाइने बताइएको छ । पार्क निर्माणमा पारम्भिक चरणमा १ करोड ६१ लाख लागत अनुमान गरिएको छ ।

कुल लागतको बर्दिबास नगरपालिकाले ३१ लाख र वन तथा भू-संरक्षण विभागबाट ७४ लाख बजेट बिनियोजन भएको रोटरी कलब अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।

हरित अभियान अन्तर्गत नै जिल्लाका विभिन्न ठाउँमा गरी ३ लाख बिरुवा रोपिएको नेता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट