युक्रेनमा असाधारण हतियार पठाउन साझेदारसँग छलफल गर्दै अमेरिका-Sutra News

युक्रेनमा असाधारण हतियार पठाउन साझेदारसँग छलफल गर्दै अमेरिका

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ ।



रुसी आक्रमणबीच अमेरिकाले अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २।३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले अत्याधुनिक हतियार क्षमताको ‘हद र गहिराई’ ‘असाधारण’ र ‘अभूतपूर्व’ हुने संकेत गरेका छन् ।

रुसी राषट्रपति भ्लादमिर पुटिनको युद्ध रोक्न अमेरिकाले थप प्रतिबन्ध लगाउने तयारीसमेत गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

यसैबीच, बेलायतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्ने जनाएको छ ।

अमेरिका र बेलायतले बुचामा नागरिकहरूको मृत्युदण्डमा भएको कथित अपराधमा संयुक्त राष्ट्र मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्नेछन् ।

अमेरिका र बेलायतले युक्रेनी सहर बुचामा सर्वसाधारणको हत्या भएको अपराधमा राष्ट्र संघीय मानव अधिकार परिषदबाट रुसलाई निलम्बन गर्न खोज्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट