विवाह गर्ने प्रलोभन देखाई ४२ लाख ठगी गर्ने एकजना पक्राउ-Sutra News

विवाह गर्ने प्रलोभन देखाई ४२ लाख ठगी गर्ने एकजना पक्राउ

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाई पीडितलाई आफू अस्पतालमा रहेको जनाउँदै पटक पटक रकम पठाउन उनले लगाएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई काठमाडौं बिशाल नगरबाट पक्राउ गरेको हो ।

उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट