डाक्टर मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण-Sutra News

डाक्टर मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन गर्न गृहमन्त्रीको ध्यानाकर्षण

मंगलबार, २२ चैत्र २०७८

मंगलबार, २२ चैत्र २०७८

सप्तरीको विष्णपुर गाउँपालिका (खुरुहुरिया) यदुनन्दन यादवका छोरा डा विजय यादवको हत्याको घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।



मंगलबार सप्तरीबासीले गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अर्थोपेडिक ३१ वर्षिया डा. याद बिराटनगर स्थित नोबेल अस्पतालमा ३ वर्ष देखि कार्यरत थिए ।

हाडजोर्नीमा गुणस्तरीय स्टिल प्रयोग गर्नुपर्ने बिषयमा अस्पताल भित्रैका केही डा.संग बिवाद रहेको आपसी रिसिवीको कारण हत्या गरिएको हुन सक्ने आशंका रहेकाले जाँच गर्न ज्ञापनपत्रमा माग गरेको छ ।

घटनाको उच्चस्तरीय छानबिन गरि दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे सप्तरीवासी चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा बताईएको छ।

अस्पतालको छेउमै डेरा गरि बस्दै आएका यादवको २०७८ साल चैत १८ गते राति हत्या गरेर बस्तै आएको डेराको गेट शव राखिएको अबस्थामा शनिवार बिहान भेटिएको थियो ।

शवको नाक र मुखबाट रगत बगेको ,शरिरमा चोटपटक लागेको, एउटा खुट्टामा चप्पल लगाएको,अर्को खाली खुट्टा रहेको थियो।शव नजिकै लाईटर र महिलाले लगाउने चप्पल भेटिएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट