प्रेस काउन्सिलद्वारा ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण-Sutra News

प्रेस काउन्सिलद्वारा ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८
rishi dhamala

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बिमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो। प्राइम टाइम टेलिभिजनका सञ्चालक समेत रहेका पत्रकार धमलाले बिमान भित्रै रिपोर्टिङ गरेका भन्दै आलोचना भइरहेका बेला काउन्सिलले धमलाको रिर्पोटिङमा ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र जवाफ मागेको छ।



काउन्सिलले धमलालाई सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी बलजफ्ती निशेष गरिएको क्षेत्रमा प्रवेश गरी दृश्यसहित किन प्रत्यक्ष प्रसारण गर्नुपरेको होरु पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनियता समेत नकरात्मक असर पार्ने कार्य के कसरी हुन गएको होरु पटक पटक किन गैर पेशागत कार्य भएको होरु २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई सूचित गरेको छ। स्पष्टीकरणमा पत्रमा पत्रकार धमलाले केही समय अघि बारको बैठक भित्रै प्रवेश गरि रिपोर्टिङ गरेको घटनालाई पनि नोटिस गरेको उल्लेख गरिएको छ।

राजधानीसंग कुराकानी गर्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमको मर्यादा राख्न स्वयं पत्रकार नै सचेत हुनुपर्ने बताए । राजधानी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट