श्रीलंकामा संकटकै बावजुद संकटकाल खारेज-Sutra News

श्रीलंकामा संकटकै बावजुद संकटकाल खारेज

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे

श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएको छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल खारेज गरेका हुन् ।



सरकारविरोधी प्रदर्शनबीच  गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले पनि मंगलबार राजीनामा दिएका थिए । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनले राजीनामा दिएका थिए । त्यसअघि मन्त्रिपरिषद्का  सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका थिए ।

टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट