मेयरको निर्देशनपछि नयाँ दिल्लीका मासु पसल बन्द, सामाजीक संजालमा चर्को विरोध  -Sutra News

मेयरको निर्देशनपछि नयाँ दिल्लीका मासु पसल बन्द, सामाजीक संजालमा चर्को विरोध  

बिहिबार, २४ चैत्र २०७८

बिहिबार, २४ चैत्र २०७८

भारतको राजधानी नयाँ दिल्लीमा अधिकांश  मासु पसलहरू दुई दिनदेखि बन्द छन् । नौ दिनसम्म मनाइने हिन्दूहरुको पर्व नवरात्रिको अवसरमा सथानीय अधिकारीहरुको निर्देशनमा मासु पसल बन्द भएका हुन् । तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ ।



चाडपर्वको समयमा अधिकांश मानिसहरुले मासु नखाने दक्षिण तथा पूर्वी जिल्लाहरुका मेयरहरुले बताएका छन् । नवरात्रीमा पसलमा खुलम खुला मासु काटेको आफूले देख्न नसकेको धेरैले बताएका थिए । तर, समाजिक सञ्जालमा यसको चर्को विरोध भएको छ । यसले भारतको बहुलबाद उल्लंघन गरेको धेरैले गुनासो गरेका छन् ।

महिषासुर र दानवमाथि देवी दुर्गाको विजय उत्सवको रुपमा नवरात्रि मनाइन्छ । नौ दिनको चाडको समयमा हिन्दू भक्तजनहरु सामान्यतया उपवास बस्छन् । उनीहरुले मासु खाँदैनन् भने खानामा लसुन, प्याज प्रयोग गर्दैनन् ।

नयाँ दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीको सरकार छ । दिल्ली सरकारले मासु पसलहरू बन्द गर्न कुनै आधिकारिक आदेश जारी गरेको छैन ।
११ अप्रिलसम्म पसलहरू बन्द राख्न आह्वान गर्ने मेयरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बीजेपी)  का हुन् । तर उनीहरुको आह्वानको तीब्र आलोचना भइरहेको छ ।

सांसद र तृणमूल कंग्रेस पार्टीका नेता महुआ मोइत्राले भने, ‘संविधानले मलाई मन परेको बेला खाना खान अनुमति दिन्छ । ’
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट