उच्च रक्तचापबाट एक प्रहरीको मृत्यु-Sutra News

उच्च रक्तचापबाट एक प्रहरीको मृत्यु

मंगलबार, २९ चैत्र २०७८

मंगलबार, २९ चैत्र २०७८

जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ । गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो ।



कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएको र प्राथमिक उपचारपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको थियो । भौगोलिक विकटताले मनाङवासीलाई सामान्य उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता छ ।

जिल्ला अस्पतालमा आवश्यक दक्ष जनशक्ति तथा सामग्री अभाव रहेको जनाइएको छ । समयमा सडक निर्माण गर्न नसक्नुका साथै सवारीसाधन समेतको अभावमा उपचारको पहुँचसम्म पुग्नसमेत समस्या हुने गरेको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट