मेदान्त आर्युवेद हेल्थ होमको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न-Sutra News

मेदान्त आर्युवेद हेल्थ होमको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मंगलबार, २९ चैत्र २०७८

मंगलबार, २९ चैत्र २०७८

मेदान्त आर्युवेद हेल्थ होमले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । चन्द्रागिरी सरोकार समाजको सहकार्यमा मेदान्तले आयुर्वेद स्वास्थ्य शिविर संचालन गरेको हो ।



स्वास्थ्य शिविरमा करिव २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा सेवा लिन आएकामध्ये अधिकांशलाई पेटसम्बन्धी समस्या रहेको मेदान्त आर्युवेदका डा. सुवर्ण पौडेलले जानकारी दिए । सो अवसरमा धेरैजसोले सुगर र युरिक एसिडको पनि निःशुल्क परिक्षण गराएका थिए । डा. पौडेलका अनुसार ग्यास्ट्रिक, वाथ रोग, पायल्स, फिस्टुला, नशा सम्बन्धी समस्या भएका विरामीहरुको संख्या उल्लेख्य थियो ।

शिविर संचालनमा डा. पौडेल सहित डा. ऋषिकेशव भुसाल, डा. प्रविना श्रेष्ठ, डा. नविन कुमार रौनियार, विजय पुरी, सञ्जु भुसाल, सुमिका धमला, सविता तामाङलगायतका टिमको प्रविधिक सहयोग रहेको थियो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै डा. पौडेलले आम मानिसको व्यस्त दैनिकी र खानपानमा ध्यान दिन नसक्दा नसर्ने रोगबाट निकै ग्रसित हुनुपरेको बताए । उनले आफ्नो स्वास्थ्यलाई ध्यान दिन र खानपानमा सजगता अपनाउन सुझाव दिए ।

डा. पौडेलले कुनैपनि स्वास्थ्यसम्बनधी समस्या भए आफु सेवा दिन तत्पर रहेको भन्दै आवश्यक परामर्श र जानकारी लिनको लागि मेदान्त आर्युवेदमा सम्पर्क राख्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट