विस्का जात्राः आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने-Sutra News

विस्का जात्राः आज साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

बुधबार, ३० चैत्र २०७८

बुधबार, ३० चैत्र २०७८

भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ । प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।



आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो । जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ । उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट