रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी-Sutra News

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

आइतबार, ४ बैशाख २०७९

आइतबार, ४ बैशाख २०७९

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ ।



युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे  । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे ।

सातौं मिनेटमा  रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए

तर खेलको ७६ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई तीन अंक दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो ।  साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट