काठमाडौँ । पल शाह प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेपछि नयाँ ट्वीस्ट आएको हो ।
हाल पल शाह पुर्पक्षको लागि थुनामा छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिंदै पीडित बालिकाले जाहेरीमा उल्लेख गरिएका कुराहरु साँचो नभएको बताएकी हुन् ।
अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीको तर्क छ ।