पोखरा महानगर मागेका माधव नेपाललाई काँग्रेसले भन्यो- महानगर होइन, वडाअध्यक्ष पनि मिल्दैन !-Sutra News

पोखरा महानगर मागेका माधव नेपाललाई काँग्रेसले भन्यो- महानगर होइन, वडाअध्यक्ष पनि मिल्दैन !

सोमबार, ५ बैशाख २०७९

सोमबार, ५ बैशाख २०७९

काठमाडौँ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा कुन महानगर कसले पाउने भन्ने विषयमा सत्ता गठबन्धनबीच कुनै ठोस सहमति हुन सकेको छैन ।



माधव कुमार नेपाल नेतृत्वको नेकपा एसले पोखरा महानगर दाबी गरेको छ । तर उनलाई महानगर होइन वडा सदस्य पनि नदिने काँग्रेस नेताहरुले बताएका छन् ।

पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएको बताइएको छ ।

सोमबार कास्कीको पोखरामा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेसले यस्तो निर्णय अघि सारेको हो ।

कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने जानकारी गराएको बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट