विप्लवलाई गृहमन्त्रीले भने- चुनावमा भाग लिनुस्-Sutra News

विप्लवलाई गृहमन्त्रीले भने- चुनावमा भाग लिनुस्

मंगलबार, ६ बैशाख २०७९

मंगलबार, ६ बैशाख २०७९

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन नेत्रविक्रम चन्द विप्लवको पार्टीलाई आग्रह गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० वैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन अनुरोध गरेका हुन् ।



सोमबार साँझ गृह मन्त्रालयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगको भेटपछि गृहमन्त्रीले चुनावमा भाग लिनुपर्ने बताएका हुन् ।

नेपाल सरकार आवधिक निर्वाचनमा भाग लिइरहेका राजनीतिक दल र हालसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई स्थानीय निर्वाचनमा भाग लिन आग्रह गर्दछ,’ गृहमन्त्री खाणले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट