पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भिडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।
दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए ।
आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ । उनको शव जनलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए ।
सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् ।