लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण, प्रथम हुनेलाई ५ लाख-Sutra News

लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण, प्रथम हुनेलाई ५ लाख

मंगलबार, ६ बैशाख २०७९

मंगलबार, ६ बैशाख २०७९

राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद ५ लाख प्रदान गरिएको छ ।



दोस्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद ४ लाख तथा तेस्रो हुने सरोज सिंखडा र सीता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ एवं सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझलाई नगद ३ लाख प्रदान गरिएको छ ।

प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार तेस्रो हुने दुई समूहले आपसी समझदारी गरेकाले तेस्रो र सान्तवना पुरस्कार दुई समूहलाई एकै ठाउँमा पारेर वितरण गरिएको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई निःशुल्क गीत रेकर्ड गरिदिने समेत महोत्सव आयोजक डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजले घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट