

साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
परिचय नखुलाइएका सामान्य घाइते रहेका सेनाको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
निर्वाचनका लागि ३० जना सेना लिएर डोटीबाट कालिकोटतर्फ गइरहेको बा १ ग २४५३ नम्बर को भ्यान सडकमै दुर्घटना भएको हो। भ्यान चालकका अनुसार ब्रेक फेल हुँदा दुर्घटना भएको हो।