कार्टुनिस्ट क्लब अफ नेपाल ‘सिसिएन’ ले आयोजना गरेको कार्टुन प्रदर्शनी ‘निसाना’ सम्पन्न भएको छ । गत आईतबार सुरु भएको भ्रष्टाचारविरूद्धको थिममा प्रदर्शनि कार्यक्रममा ३६ कार्टुनिस्टका ५० वटा कार्टुन राखिएको थियो ।
कार्टुनमार्फत विभिन्न राष्ट्रिय दैनिक पत्रिकादेखि अनेक विधाका कलाकारितामा संलग्न कलाकारहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाएका थिए ।
प्रदर्शनी वैशाख ६ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको थियो ।
प्रदर्शनीलाई सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेको छ । स्थानीय चुनावपछि सातै प्रदेशमा पनि प्रदर्शनी आयोजना हुने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी गराउनु भएको छ ।