

आज दिउँसो एक बजे विवेकशील साझा पार्टीका उम्मेदवार लक्ष्मण राज सिटौलाले एक नम्बरमा आफ्नो मनोनयन पत्र दर्ता गराएका छन । सुवास सिटौला प्रस्तावक र हरिकृष्ण श्रेष्ठ समर्थक रहेको मनोनयन र्यालीमा नेपाली सास्कृतिक झाकी मनोनयन स्थल नगरपालिका भवनमा पुगेको थियो ।
विवेकशील साझाका केन्द्रीय सदस्य समेत रहेका सिटौलालाई बिस्तारै जन समर्थ जुट्दै गएको कुरा र्यालीमा स्वतस्फूर्त रूपमा उपस्थिति जनाएका ब्यक्तिहरुले जनाएका छन । जुलुस सुरु हुनुभन्दा अगाडि पत्रकारहरुलाई टोखा नगरमा आफ्नो उम्मेदवारी किन भन्ने प्रश्ननको जवाफमा सिटौलाले पुराना पार्टी बाट वाक्कदिक्क भएका टोखाका जनताहरुमा आफ्नो उम्मेदवारीबाट बैकल्पिक राजनीतिको एउटा आशाको किरण पलाएको अनुभुती भएको बताए ।
३३ बर्ष नेपाल वायुसेवा निगमको दुर्गम एयर्पोटमा बसि रास्ट्रसेवा गरेको, बिकास र समृद्धि सम्बन्धि करिब एक हजार चारसय लेख प्रकाशित गरेका सिटौला कुशल प्रशासक पनि हुन ।