एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किने-Sutra News

एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर किने

मंगलबार, १३ बैशाख २०७९

मंगलबार, १३ बैशाख २०७९

एजेन्सी । विश्वकै धनी व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर किनेका छन् । उनले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।



केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन् ।

ट्वीटर कम्पनी खरिद गरिसकेपछि मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन् । उनले ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको जिकिरसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट