काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई गभर्नरमा फेरी काम गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलवार भएको सुनुवाइ हेर्दा हेर्दैमा रहेको हो । दुवै पक्षको बहस नसकिएकाले हेर्दा हेर्दैमा रहेको बताइएको छ ।