देउवाको निर्णय- अर्थतन्त्र जोगाउन अबदेखि कर्मचारीलाई २ दिन बिदा-Sutra News

देउवाको निर्णय- अर्थतन्त्र जोगाउन अबदेखि कर्मचारीलाई २ दिन बिदा

बिहिबार, १५ बैशाख २०७९

बिहिबार, १५ बैशाख २०७९

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।



उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो ।

विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो ।

त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट